सिन्धुली । गोलञ्जोर गाउँपालिकाले जुनार प्रवर्द्धन मेलाको पहिलो दिन मंसिर २३ गते सार्वजनिक विदा दिएको छ । मंसिर २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘जुनार प्रवर्द्धन मेला–२०८२’ मेलाको पहिलो गाउँपालिका भरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका र मातहतका कार्यालयहरु, स्वास्थ्य तथा शैक्षिक संस्थाहरू, वित्तीय निकायहरूलाई विदा दिईएको गाउँपालिकाले जनाएको छ ।
गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मंसिर २३ गते मंगलबार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिकाले मेला मार्फत जुनारको पहिचान, संरक्षण र स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाएको छ । यसमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको गाउँपालिकाले जोड दिएको छ ।




















