सिन्धुली । गोलन्जोर गाउँपालिका वडा नं.५ खानी निगालेमा सोमबार विहान ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।
गोलन्जोर गाउँपालिका वडा नं. ५ का ५० वर्षिय गोपाल खपांगी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुबेदीले जानकारी दिएका छन् ।
खनियाखर्कबाट निगालेतर्फ जांदै गरेको गिट्टी लोड भएको ना५त ५३९२ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टरका सह चालक मगर घाइते भएका हुन् । मगरको दाँया खुट्टा र हातमा चोट लागेको छ ।
दुर्घटनामा परि ट्याक्टरको इन्जिनले च्यापिएका घाइते मगरलाई उद्धार गरि उपचारका लागि काठमान्डौ पठाईएको सुवेदीले जानकारी दिए ।




















