सिन्धुली । छ दिनदेखि सुनकोशी नदीमा वेपत्ता भएका मंगललाल फुयाँलको शव शुक्रबार भेटिएको छ । सुनकोशी गाउँपालिका वडा नं. ३ रातामाटाका ६२ वर्षिय फुयाँल कार्तिक ८ गते राती घरबाट बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा रातामाटाको पानीघाटमा सुनकोशी नदीको किनारमा उनले प्रयोग गर्ने चप्पल, मोबाइल, रुमाल, महाप्रसाद र सुसाईट नोट (पत्र) समेत फेला परेको थियो ।
फुयाँलको शव सुनकोशी गाउँपालिका वडा नं. ६ घुमाउने चैनपुरमा सुनकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन ।
शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याईएको सुवेदीले जानकारी दिएका छन । मृतक पूर्व शिक्षक समेत हुन ।




















