सिन्धुली । अन्तपार्टी महिला सञ्जाल सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा तीज विशेष अन्तक्र्रिया कार्यक्रम तथा शुभकामना आदान प्रदान गरेको छ ।
सञ्जालका अध्यक्ष सविता कोइरालाको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । सम्पूर्ण महिलाहरु एक होऔं, आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गरौं भन्ने नारा सहित अन्तक्र्रिया गरिएको छ ।
कार्यक्रममा महिला नेताहरुले अधिकारका लागि निरन्तर आन्दोलन र खबरदारी गर्नु परिरहेको बताउँदै महिला आन्दोलनलाई बलियो बनाउन निरन्तर खबरदारीको आवश्यकता रहेको बताएका छन । महिलाहरुले हत्या, हिंसा हरेक दिन भोगिरहेको बताउँदै सबैले न्याय पाउने वातावरण बनाउन समेत निरन्तर एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी निकट महिलाहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख निमा घिमिरेले कानुनी अधिकार र न्याय सम्पादनमा महिलाका सवालका बारेमा जानकारी गराएकी थिईन । कार्यक्रममा सञ्जालका शान्ता पाख्रिनले स्वागत गरेकी थिईन भने यशोदा कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिईन ।





















