सिन्धुली । दुधौलीको विचित्रा खोलामा आएको बाढीले बगाउँदा एक जना महिला घाईते भएकी छिन । शनिबार आकस्मिक परेको पानीका कारण दुधौली नगरपालिका वडा नं. १ गिचिहानीका दश घर डुवानमा परेका छन ।
बाढीका कारण गिचिहानीकी ५८, ५९ वर्षकी भद्रकुमारी दनुवार घाईते भएकी छिन । उनको दुधौली नगर अस्पताल दुधौलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
उनका अनुसार स्थानीय भद्रकुमारी दनुवार, ध्यानवती कुमँर दनुवार, वुद्धलाल कुँमर दनुवार, आशा अधिकारी दनुवार, संगिता थापा, लक्ष्मी कुमँर दनुवार शिवनाथ दनुवार, निशा दनुवार, केदार गिरीको घर डुवानमा परेको हो । ६ वटा पक्की घर र ४ वटा कच्चि घर डुवानमा परेको सुवेदीले जानकारी दिएका छन ।




















