सिन्धुली । कमलामाई नगरपालिका ९ भिमानबाट आइतबार लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गा.पा. वडा न ४ बस्ने बर्ष ४७ को भगवान् दास लोनिया र सप्तरी सुरुङ्गा न. पा. वडा न .५ बस्ने बर्ष २७ को रंधिर कुमार चौधरी रहेका छन ।
प्रहरीले भगवान दास लोनियाको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ९५ दशमलव ०५० ग्राम र नगद ५६ हजार रुपैंया बरामद गरेको छ । यस्तै चौधरीको साथबाट लागू औषध खैरो हिरोइन १ दशमलव ८२ ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
उनीहरुलाई सोमबार सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी सुवेदीले बताए ।




















