सिन्धुली । ट्राफिक प्रहरीले ओभरलोड भएका मालवाहक सवारी साधनहरुमाथि कडाई गर्न थालेको छ । ओभरलोडका कारण हुन सक्ने दुर्घटना न्युनिकरणका लागि प्रहरीले कारवाहि थालेको हो ।

महोतरीको बर्दिबास लगाएतका तराईका विभिन्न स्थानहरुबाट आँप कटहर,तरकारी लगाएतका सर समानहरु क्षमता भन्दा बढी लोड गराई राजधानी काठमाण्डौ लगाएत,रामेछाप,चरिकोट,वनेपा,धुलीखेलसम्म पुग्ने साना मालबाहक साधनमाथि कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहमद कादिम अन्जुमले बताएका छन ।
योद्दा गाडीको क्षमता कुल १ हजार ३ सय केजीको भए पनि त्यस्ता गाडीले २ हजार ४ सय केजीसम्म माल समान बोक्दै आएको पाईएको उनले बताए ।
पछिल्लो समयमा वीपी राजमार्गको रोशी खोलाको चौकी डाँडा लगाएतका उकालो कच्चा सडकमा ओभरलोड गाडीहरु फस्ने र पल्टने गरेका घटना बढ्दै जान थालेपछि सिन्धुली ट्राफिकको सक्रियतामा ओभरलोड माल बाहक सवारीका साधनहरुमाथि कडाई गरिएको हो ।




















