सिन्धुली । अपांगता भएका व्यक्तिहरुका लागि समावेशी खेलकुद सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सिन्धुली अपांग महिला संघ सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिसिन्धुलीको सहयोगमा सिन्धुलीमाढीमा तीन खेल सम्पन्न भएका हुन ।
अपांगता भएका व्यक्तिहरुले उत्साहका साथ खेलकुदमा सहभागिता जनाएका छन । खेलकुदमा तीन वटा प्रतियोगिताहरु भलिवल, बोसिया र ह्वीलचियर दौड सम्पन्न भएका हुन । भलिवल प्रतियोगितामा छात्र छात्रा गरि ४ समूहले सहभागिता जनाएका छन ।
जसमा नवज्योति वहिरा माविका छात्र छात्राले सहभागिता जनाएका छन । छात्र तर्फ दुई समूह र छात्रा तर्फ २ समूहले प्रतियोगितामा भाग लिएका थिए ।
यस्तै बोसियातर्फ जनज्योति मावि फोस्रेटारका बौद्धिक अपांगता भएका बालबालिकाले सहभागिता जनाएका छन । जसमा छात्रातर्फ ६ जना र छात्रतर्फ ५ जनाले सहभागिता जनाएका थिए । बोसिया खेल छात्रा तर्फ सपना ढुंगाना प्रथम, सम्झना वि.क द्वितिय र आरती वि.क तृतिय भएका छन । बोसिया खेल छात्रतर्फ खेम बहादुर बुढाथोकी प्रथम, सितल ग्यावा द्वितिय र राजेश थापा तृतिय भएका छन ।
यस्तै ह्वील चियर दौड पनि सोमबार नै सम्पन्न भएको छ । ह्वील चियर प्रतियोगितामा विश्वलाल थिङ प्रथम भएका छन भने शिखा खत्री द्धितिय भएकी छिन ।खेलकुद प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र ट्रफी समेत वितरण गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज बराल, नगर खेलकुद विकास समितिका अध्यक्ष लोकविक्रम थापा, महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा थापा, सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाले पुरस्कार वितरण गरेका थिए ।

























