सिन्धुली । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले योगले मन र शरीरलाई जोड्ने भएकाले मानिसको जीवनमा योग अति नै आवश्यक रहेको बताईन । ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीले एघारौं विश्व योग दिवसका अवसरमा सिन्धुलीमाढीमा आयोजना गरेको ध्यान तथा योग कार्यक्रमको उद्घाटन गर्दै पाण्डेले यस्तो बताएकी हुन ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले योगले मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहनका लागि महत्वपूर्ण योगदान दिने बताईन । उनले योग हरेक मानिसको जीवनमा महत्वपूर्ण रहेको बताउँदै मन र शरीरलाई सकारात्मक बनाउनका लागि हरेक व्यक्तिले ध्यान, योग गर्नुपर्ने बताईन ।
उनले हिन्दु, बौद्ध, जैन लगाएतका धर्मले योगलाई अति प्राथमिकता दिएको बताउँदै विज्ञानले समेत योगलाई स्वीकार गरेकाले सबैले योगाभ्यास गर्न अनुरोध समेत गरिन । योगमा जोडिने व्यक्तिहरुले समाजलाई सकारात्मक बनाउन सक्ने भएकाले हरेक व्यक्तिले योग गर्न आवश्यक रहेको उनले बताईन ।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीका संगिता गुप्ताले ध्यान र योग गराएकी थिईन । योग गराउँदै गुप्ताले शरीर र मनलाई जोडेपछि मात्र जीवन परिवर्तन गर्न सकिने बताइन । कार्यक्रममा सिद्धवावा म्यानेजमेन्ट कलेजका कोअर्डिनेटर राहुल सिंहले योगले स्वस्थ जीवन यापन गर्न सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीहरु, समुदायस्तरका नागरिकहरु, पत्रकार तथा ब्रह्मकुमारी राजयोगसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




















