• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अझै उराठिलो बाढी प्रभावित क्षेत्र

रोशी र सुनकोशीमा गत असोज ११ र १२ गते आएको बाढीका कारण प्रभावित सिन्धुलीका सडक, वस्तीहरु बाढीको सात महिना वितिसक्दा पनि प्रभावित समयमा जस्तै उराठिला र वगरकै अवस्थामा छन ।

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २३, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

33 Shares
  • Facebook 33
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । असोज १२ गते विहान ११ बजे रोशी हुँदै सुनकोशीमा आएको बाढीले गोलञ्जोर ७ खुर्कोटको बसपार्क क्षेत्र र तल्लो बजार नै बगायो । रोशी र तामाकोशीको बहाव बढेसँगै सुनकोशीको बहाव उच्च हुने भन्दै सुरक्षाकर्मीले अलर्ट गराएपछि स्थानीयहरुले ज्यान त जोगाए तर घर, घरका सामान, लत्ताकपडा, अन्न, पसलका सामान केहि पनि जोगाउन सकेनन । विगतका वर्षहरुमा जस्तो बाढी आउँदा विध्वंश नै गर्ने गरि आउँछ भन्ने स्थानीयहरुलाई लागेन र घर र पसलका सामान सारेनन । स्थानीय व्यवसायी बालकृष्ण श्रेष्ठका अनुसार सुरक्षा अलर्ट अनुसार स्थानीयले ज्यान त जोगाए तर धनसम्पत्ति भने जोगाउन सकेनन ।

सुनकोशीमा अत्यधिक बाढी आएपछि सुनकोशीमा भएको पक्कि पुलमा काठहरु अड्किए । पुल थुनियो । नयाँ वस्ती र वसपार्क क्षेत्र पुरै डुवायो । जब पुल भत्कियो बाढीले बस्तीका घर, व्यवसाय, वस्ती सबै बगायो । सामान निकाल्न चाहेकाले पनि सबै निकाल्न भ्याएनन ।

वि.सं. २०४१ सालको बाढी पनि हेरेका श्रेष्ठले आजसम्मकै ठूलो बाढी भने । उनका अनुसार ०४१ सालमा आएको बाढीमा पनि बस्तीमा सामान्य पानी पसे पनि यसपालीको जस्तो ठूलो क्षति गरेको थिएन । झोलुंगे पुलको पखेटा मात्रै हल्लाएको थियो । बुढापाकाका अनुसार त्यस अघि पनि त्यति ठूलो बाढी आएको थिएन र पछि पनि आएको थिएन । रातीमा बाढी आएको भए धेरै नै मानवीय क्षति हुने उनको अनुमान छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बाढीले बजार पुरै बगर जस्तो बनायो । धेरैको घर, पसल सबै भौतिक संरचना भत्किए, पुरिए । घरका बालुवाका चाङ निकाल्न स्थानीयलाई लामो समय लाग्यो । अझ भनौं बाढी आएको ७ महिना वितिसक्दा पनि अझै पुरै सरसफाई सकिएको छैन ।

घरभरी थुप्रिएका बालुवा, काठ र पाँको अझै बाँकी छ । कति घरहरु पूर्ण ध्वस्त छन त कतिपयमा आंशिक क्षति छ । नयाँ वस्तीका करीब ३५, ४० घर र वसपार्क क्षेत्रका करीव ६० घर पसलमा बाढीले क्षति पु¥यायो ।

बसपार्क क्षेत्रका फलफुल पसलहरु अहिले पनि सञ्चालनमा आउन सकेका छैनन । बसपार्कमा हुने सवारी आवागमन, पसलको चहलपहल हुन सकेको छैन । एकाध पसल खुलेपनि न रौनकता छ न सुन्दरता । साना ठूला घर पसल गरेर ६० वटा भन्दा बढी व्यवसायीक संरचना थिए बसपार्कमा । जुन बाढीमा खण्डहर भएका थिए । अहिले पनि उस्तै खण्डहर नै छन । भत्किएका संरचना बन्न सकेका छैनन ।

बाढीले सुनकोशीको छेउँमै रहेको खुर्कोट बजारका घर पसल मात्र हैन खुर्कोट रामेछाप जोड्ने पक्कि पुल र झोलुंगे पुल दुवै बगायो । पुलचोक र बसपार्क क्षेत्रका सार्वजनिक संरचना तथा नीजि संरचनाहरु ध्वस्त बनायो । जुन अहिले पनि भग्नावशेष नै छन ।

बस्ती र बजार नै खण्डहर हुने गरि बाढीले क्षति गर्दा अरबौंको क्षति भएको थियो । नेपाल सरकारका दश वटा नयाँ शहर मध्येको खुर्कोटको एक क्षेत्रका भौतिक संरचनाहरु पूर्ण रुपमा ध्वस्त भए । नयाँ शहर योजनामा बनेका हेलिप्याड, रंगशाला लगाएतका संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका थिए । रामेछाप सिन्धुली जोड्ने पुल बाहेक अरु संरचना अहिले पनि बनेका छैनन ।

यस्तै बाढीले गोलञ्जोर गाउँपालिकाका बलेनी, हैवार, मुर्गिवेशी, ग्वालटार लगाएतका विभिन्न स्थानमा भौतिक क्षति गरेको थियो । सुनकोशी गाउँपालिकाको मुलकोटमा पनि अत्यधिक क्षती गरेको थियो । मुलकोट पनि अझै पूर्ण रुपमा उठ्न सकेको छैन । दुम्जा, नेपालथोकका क्षेत्रहरु उस्तै खण्डहर छन । घर, वस्ती, खेतियोग्य जमिन, व्यवसायीक क्षेत्र, विद्यालयहरु, सडक सबैतिर क्षति भएका संरचनाहरु पुनः सञ्चालनमा आउन कठिन भईरहेको छ । यता फिक्कल पनि उक्त बाढीबाट अछुतो रहेन । मध्यपहाडी राजमार्गमा पनि क्षती पुग्यो । यो बाढीमा २ जनाले ज्यान समेत गुमाए ।

रोशीले दुम्जा, नेपालथोक क्षेत्रमा ठूलो क्षति गरेको छ । विपी राजमार्ग वर्षातको समयमा चल्न सक्ने वा नसक्ने निश्चित छैन । गर्मिमा धुलाम्मे सडकमा यात्रा गरेका सवारी साधन तथा यात्रुहरु हिलाम्मे बगरमा यात्रा गर्नुपर्ने निश्चित छ ।

सरकारले सडक वर्षातको समयमा समेत सञ्चालन गर्ने योजना अनुरुप निर्माण गरिरहेको छ तर बन्ने सम्भावना न्युन छ । अहिले पनि विपी राजमार्ग जोखिमपूर्ण यात्रा जारी छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रहरीलाई ब्रह्माकुमारी राजयोगले गरायो मेरिटेशन

Next Post

ग्वाङखोलाको दहमा डुवेर बालकको मृत्यु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied