सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ ग्वाङखोला दोभानमा रहेको खड्कुलेदहमा डुवेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलञ्जोर गाउँपालिका वडा नं. ७ घर भई कमलामाई नगरपालिका ७ बुद्धनगरचोक बस्ने १६ वर्षिय प्रतिक देवकोटाको डुवेर मृत्यु भएको हो ।
साथीहरुसँग पौडी खेल्न गएका देवकोटाको बुधबार दिउँसो डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
पानीमा डुबी घाईते भएका देवकोटाको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुवेदीले जानकारी दिए । मृतक बालक मामा घरमा बसेर सिद्धबाबा बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत थिए ।





















