सिन्धुली । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार विरुद्ध बालिका बलत्कार आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ । उनी विरुद्ध १८ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा विहिबार मुद्दा दर्ता भएको हो । पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता गरेकी छिन ।
उनी विरुद्ध किटानी सहित मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी बालिकालाई मेयर दनुवारले बलत्कार गरेको र गत फागुनमा शिशुको जन्म भईसकेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । शिशु जन्मिएपछि मेयर दनुवारको बलत्कारको घटना बाहिरिएको हो ।
बालिकाले जाहेरी दिए लगत्तै प्रहरीले घटनाको अनुसन्धान सुरु गरि सकिएको जनाएको छ । घटनाको अनुसन्धान सुरु भईसकेको तर मेयर दनुवार पक्राउ नपरि सकेको एसपी काफ्लेले जानकारी दिएका छन ।
दनुवार २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।





















