सिन्धुली । प्रहरीले विल विनाको कपडा बरामद गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटले मरिण गाउँपालिका वडा नं. ६ छापबाट ४ लाख पचास हजार १ सय रुपैंया बराबरको कपडा बरामद गरेको हो ।
सर्लाहिको परवानीपुरबाट मरिण हुदैं छाप आउँदै गरेको ना५ख५२२४ नम्बरको बसमा चेकजाँच गर्दा विल विनाको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरीले २१७ पिस सुतिको साडी, १५२ पिस कुर्था सुरुवाल, ५ पिस सुरुवाल, १८ पिस पेटिकोट, १० पिस चोलो, ७ पिस थानको कपडा, लेहेंगा ९ पिस, वानरसी साडी ४ पिस बरामद गरेको हो ।





















