
जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ को पन्थचौरीबाट क्यानखोलातर्फ जाँदै गरेको ना७ख८३६२ नम्बरको मिनीट्रक चेकजाँच गर्दा चिरान गरेको ७२ पिस अर्थात ५२ दशमलब १४ क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार ट्रक चालक फरार भएपछि प्रहरी टोलीले ट्रक चेकजाँच गरेको थियो । बरामद गरिएको काठ र ट्रक आवश्यक प्रक्रिया पुरा गरि डिभिजन वन कार्यालय मरिणलाई बुझाईएको काफ्लेले बताए ।





















