सिन्धुली । जिल्लाका दुई स्थानीय तहले तामाङहरुको पर्व सोनाम ल्होसारमा सार्वजनिक विदा दिएका छन । ल्होसारको अवसरमा कमलामाई नगरपालिकाले दुई दिन र सुनकोशी गाउँपालिकाले एक दिन सार्वजनिक विदा दिएका हुन ।
कमलामाई नगरपालिकाले माघ १७ र १८ गते विदा दिएको छ भने सुनकोशी गाउँपालिकाले १८ गते ल्होसारको विदा दिएको हो ।
ल्होसारका अवसरमा दुवै स्थानीय तहले पालिका मातहतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा विदा दिईएको जनाएका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















