सिन्धुली । मानव कल्याण समाज सिन्धुलीले मरिणका १०८ जना विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
सोमबार समाजले मरिण गाउँपालिका वडा नं. ७ भदौरेका नागरिकलाई कपडा वितरण गरेको हो ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाढीका कपडा व्यवसायीहरुबाट संकलन गरिएको कपडा सोमबार वितरण गरिएको संस्थाका सहसचिव रेजिना श्रेष्ठले बताईन ।
संस्थाका संस्थापक सदस्य गणेश बहादुर बस्नेत, सल्लाहकार प्रा. डा. मुकुन्द गजुरेल र सदस्य दुर्गा श्रेष्ठको व्यवस्थापकीय नेतृत्वमा कपडा वितरण गरिएको उनले बताईन ।
यस्तै संस्थाका अध्यक्ष गोबिन्द बिक्रम थापा, सहसचिव रेजिना श्रेष्ठ, सदस्यहरु कमला थापा, कमला राई, पेशल श्रेष्ठ लगाएको टोलीले भदौरे प्राविको निरिक्षण समेत गरेको छ ।





















