सिन्धुली । जनस्वास्थ्य कार्यालय सिन्धुलीका कर्मचारीहरूले शहिद दिवसका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न उपलब्ध गराएका छन । उनीहरुले सोमबार कमलामाई नगरपालिका वडा नं. ५ को कमलामा जनज्योति मावि सिलामेको आवासमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन ।
उनीहरुलाई चामल, आलु, काउली, बन्दा, प्याज, टमाटर लगायतका खाद्यान्न सामग्री वितरण गरिएको कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले बताएका छन । कार्यालयका कर्मचारीहरूबाट पैसा संकलन गरि १३ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको यादवले बताए । सहिद दिवसको अवसरमा कार्यालयका कर्मचारीहरूबाट पैसा संकलन गरि विद्यालयको आवश्यकता अनुसार खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए ।
कमलामाई नगरपालिकाले अनाथ बालबालिकाकाको लागि बनाएको आवासमा ३४ जना बालबालिका रहेका छन । उनीहरुले सोहि विद्यालयमा पठनपाठन गर्छन ।





















