सिन्धुली । जन विश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कनपा ५ सिन्धुलीको दोस्रो वार्षिक साधारणसभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष द्वारिका प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न साधारणसभाले एकवर्ष गरिएको गतिविधिहरु तथा प्रतिवेदनहरु पारित गरेको छ ।
नागरिकमा बचत गर्ने बानी बसाई बहु आयामिक कार्यहरुबाट विविध खालका काम गर्दै आर्थिक उपार्जन गरी सदस्यहरुलाई आत्मर्निभर बनाउने, आर्थिक रुपमा संमृद्ध बनाउने उद्देश्यका साथ सहकारी संचालन गरिएको संस्थाले जनाएको छ ।
उक्त सहकारीले गत आवको आर्थिक कारोवारको लेखा परिक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी एक वर्षको कार्ययोजना समेत निर्माण गरेको संस्थाका सचिव भिम वहादुर श्रेष्ठले बताए ।
साधारणसभाले अध्यक्ष द्वारिका प्रसाद काफ्ले, सचिव भिम वहादुर श्रेष्ठ, कोषाध्यक्ष संगिता श्रेष्ठ र लेखा समिति संयोजक राजु प्रसाद सापकोटाले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले बचत तथा ऋण लगानीमा वृद्धि गर्ने, सदस्य संख्यामा वृद्धि गर्ने र आगामी आर्थिक वर्षसम्ममा कारोबारलाई एक करोड भन्दामाथि पु¥याउने लक्ष सहितको कार्ययोजना पारित गरेको सचिव श्रेष्ठले वताए । हाल संस्थामा ३ सय १६ जना सदस्य रहेकोमा सदस्य संख्या ५ सय पु¥याउने लक्ष राखिएको उनले बताए ।





















