सिन्धुली । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) जिल्ला समिती सिन्धुलीको अध्यक्षमा पुनः सोनाम बज्यू निर्वाचित भएका छन । शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यकालका लागि बज्यू निर्विरोध निर्वाचित भएका हुन ।
अधिवेशनले बज्यूको अध्यक्षतामा तेह्र सदस्यीय जिल्ला कार्य समिती चयन गरेको हो । कार्य समितीको उपाध्यक्षमा प्रल्हाद हमाल, सचिवमा निराजन श्रेष्ठ, कोषाध्यक्षमा हेम विक्रम थापा, सदस्यहरुमा ज्ञानेन्द्र भट्टराई, बेनुपराज उप्रेती, पदम बहादुर खड्का, दिनेश बुढाथोकी, पूर्ण प्रसाद भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, शिवकुमारी खत्री कार्की, मणी काफ्ले र दीपा कुमारी कार्की सर्वसम्मत चयन भएका छन । कार्यक्रममा नव प्रवेशी जिल्लाका दुई नीजि विद्यालयलाई स्वागत तथा सदस्यता वितरण गरिएको थियो ।
सिन्धुलीको भिमानमा आयोजित कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णकुमार उप्रेतीले गरेका थिए । कार्यक्रममा एनप्याव्सनका पूर्व अध्यक्ष रविन प्रसाद पौडेल, नेसनल प्याव्सन बागमती प्रदेश सदस्य लील बहादुर शाही, आधुनिक नमुना एकेडेमीका प्रधानाध्यापक चन्द्रबहादुर श्रेष्ठ, दुधौली विलिवर्सका प्रधानाध्यापक रितेश बल, भगवती माविका फाइनान्स डाइरेक्टर रमाकान्त सुवेदी, गाइड इ.बोर्डिङ स्कुलका संस्थापक संस्थापक हेम विक्रम थापा, हिमालयन बोर्डिङ स्कुलका प्रअ मणी काफ्ले, जाल्पादेवी इंग्लिस बोर्डिङका संस्थापक राम कुमार कटवाल, जनक केयर बोर्डिङका प्रधानाध्यापक टीकाराम भट्टराई, कमलामाई इंग्लिस बोर्डिङका प्रअ प्रल्हाद हमाल, मधुगंगा बोर्डिङका प्रअ दिनेश बुढाथोकी, मरिण एकेडेमीका प्रअ बेनुप उप्रेती, न्यु लिटल फ्लावर्सको प्रअ विजय शाही, न्यु प्याराडाइज एकेडेमीको प्रअ दीपक हमाल, न्यु राइजिङ स्टारको प्रअ सरोज श्रेष्ठ, न्यु स्टार एकेडेमीको प्रअ पदम बहादुर खड्का, परिवर्तन बोर्डिङ स्कुलका प्रअ पूर्ण प्रसाद भण्डारी, सिन्धुली पाठशालाको निर्देशक वसन्तराज श्रेष्ठ, सिन्धुली सनराइजको प्रअ ज्ञानेन्द्र भट्टराई, सिन्धुलीगढी पब्लिक स्कुलको संस्थापक जगदिश विक्रम कार्की, सूर्योदय इंग्लिस बोर्डिङका सहायक प्रअ उदय पाण्डे र गौरीशंकर इंग्लिस बोर्डिङका प्रअ लक्ष्मण कुमार मानन्धर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन निराजन श्रेष्ठले गरेका थिए ।





















