सिन्धुली । शनिबार पहिरोले घरगोठ भत्काउँदा च्यापिएर घाईते भएका सुनकोशी गाउँपालिका वडा नं. २ गोख्रेनीका ४५ वर्षिय गणेश गुर्छाको उपचारको क्रममा मृत्यु भएको छ । गुर्छाको मंगलबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
असोज १२ गतेको अविरल वर्षाको कारण गुर्छाको घर माथिबाट पहिरो खस्दा घर गोठ भत्किई चेपिंदा खुट्टामा चोट लागेको थियो । विपी राजमार्ग वर्षाको बाढी र पहिरोले अवरुद्ध भएपछि उनी उपचार गराउन जान पाएका थिएनन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















