सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले विपदमा परेकाहरुलाई सहयोग गर्न अपिल गरेको छ ।
असोज १० गते बेलुका देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका पीडित तथा प्रभावितलाई आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गरेको हो ।
सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले लिखित अपिल जारी गर्दै यस्तो अनुरोध गरेका हुन ।
रोशी र सुनकोसी नदीमा आएको बाढी र ठाउँ ठाउँमा गएको पहिरोले जिल्लाका मुख्य दुई राजमार्ग सहित अन्य कच्ची सडकहरु अवरुद्ध भएको र सयौँ घर डुवान र पहिरोमा परेको भन्दै सहयोग गर्न अनुरोध गरेका हुन ।
विपी राजमार्गको नेपालथोक–खुर्कोट सडक खण्डमा अलपत्र परेका यात्रुलाई ५० कार्टुन चाउचाउ र २३ कार्टुन पानी वितरण पनि उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।





















