सिन्धुली । मध्यपहाडी राजमार्गमा पहिरोका कारण फसेका १६ जनाको सोमबार दिउँसो उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकम्पटरबाट उनीहरुको उद्धार गरिएको हो ।
फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङबाट ८ जना विरामी सहित १६ जनाको उद्धार गरि काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
मध्यपहाडी राजमार्गमा पहिरो नै पहिरो गएपछि सडक अवरुद्ध हुँदा उनीहरुको चारदिन देखि अलपत्र परेका थिए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















