सिन्धुली । विपी राजमार्ग भासिएको छ । विपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत सुनकोशी गाउँपालिका ७, कानढुंग्रीमा सडक भासिएको हो ।
सुनकोशी नदिले राजमार्गको तल्लो भागमा कटान गरेपछि सडक भासिएको हो । करीब एक सय मिटर सडक भासिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
सडक भासिएसँगै खुर्कोट नेपालथोक सडक खण्ड समेत अवरुद्ध भएको छ । सडक भासिएसँगै विपी राजमार्ग सञ्चालनमा समस्या देखिएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला






















