सिन्धुली । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा जिल्लाका दुई शिक्षकहरु पुरस्कृत भएका छन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा २०७४ सालमा नेपाल संस्कृत विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गरेका डा. हरिप्रसाद पोखरेललाई नेपाल विद्याभुषण ‘क’ बाट विभुषित भएका हुन । यो शिक्षा क्षेत्रको देशकै उत्कृष्ट विभुषण हो ।
उनी शिक्षा विषयको कक्षा ११, १२ मा अध्यापन गरिने पाठ्यक्रमका लेखक समेत हुन । यस्तै विभिन्न सञ्चारमाध्यममा शिक्षा सम्बन्धि लेख समेत लेख्छन । उनी कमला मावि कमलामाई ४ ढुंग्रेवासका माध्यामिक तहका द्धितिय श्रेणीका स्थायी शिक्षक समेत हुन ।
यस्तै जिल्लाको उत्कृष्ट शिक्षकका रुपमा शिक्षक विजय कुमार थिङ पुरस्कृत भएका छन । थिङ मावि हायुटार घ्याङलेखका प्रधानाध्यापक हुन । विद्यालय व्यवस्थापन र पठनपाठन व्यवस्थापनमा उनी उत्कृष्ट शिक्षक मानिन्छन ।
यस्तै शिक्षा दिवसको अवसरमा सिन्धुली जिल्लाबाट उत्कृष्ट बालविकास सहजकर्ता पुरस्कारबाट कामदा मावि डुडभन्ज्याङकी दुर्गा अधिकारीले पाएकी छिन ।





















