सिन्धुली । जिल्लाका दुई सामुदायिक माध्यामिक विद्यालय देशकै उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएका छन । देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयहरुबाट २०७९ को माध्यामिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा पुरस्कृत भएका हुन ।
श्री कमला माध्यामिक विद्यालय दुधौली नगरपालिका ११ मैनीले प्रथम स्थान हासिल गरेको छ भने श्री कमला माध्यामिक विद्यालय कमलामाई नगरपालिका ४ ढुंग्रेवासले दोस्रो स्थान हासिल गरेको छ ।
दुवै विद्यालय राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित मूल समारोहको कार्यक्रममा सम्मानित भएका हुन । यस्तै सामुदायिक विद्यालय तर्फ श्री नारायण मावि कुमाख २ सल्यानले तृृतिय स्थान प्राप्त गरेको छ ।
प्रथम हुने विद्यालयले ३ लाख नगद सहित राष्ट्रिय शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । द्घितिय दोस्रो हुने विद्यालयले २ लाख नगद सहित राष्ट्रिय शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै तृतिय स्थान प्राप्त गर्ने विद्यालयले १ लाख नगद सहित राष्ट्रिय शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।
समावेशी र सिपमुलक शिक्षा ःस्वदेशमै युवा राष्ट्रको इच्छा भन्ने नाराका साथ मनाईएको दिवसका अवसरमा उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको हो ।
दिवसका अवसरमा तीन नीजि विद्यालयहरु पनि पुरस्कृत भएका छन । श्री प्रसादी एकेडेमी मावि ललितपुर ५, ललितपुर, प्रथम, श्री सेन्ट जेभियर्स कलेज काठमान्डौ द्धितिय र श्री बुढानिलकण्ठ स्कुल नारायणथान काठमान्डौले तृतिय स्थान प्राप्त गरेका छन । नीजि विद्यालयले पनि सामुदायिक विद्यालय सरह पुरस्कार प्राप्त गरेका छन ।




















