सिन्धुली । जिल्लाको दुधौलीमा सर्पले टोकेर वृद्धाको ज्यान गएको छ । दुधौली नगरपालिका वडा नं. ६ हर्षाहीकी ६५ वर्षिय जानुकी माझीको सर्पले टोकेर ज्यान गएको हो ।
बुधबार राती उपचारका लागि सर्पदंश उपचार केन्द्रमा लाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार बेलुकी सात बजे बुहारीले वृद्धालाई सर्पले टोकेर घाईते भएको अवस्थामा भेटि अस्पताल लगेकी थिईन ।
अस्पतालमा पुग्दा उनको मृत्यु भईसकेको थियो । उनलाई दाहिने हातको साईली औलामा सर्पले टोकेको थियो ।





















