सिन्धुली । शुक्रबार प्रहरीले एकसय १५ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले मरिण गाउँपालिकाको चुरे जंगलबाट गाँजा सहित ४ जना नियन्त्रणमा लिएको हो । उनीहरुले प्रहरीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर समेत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीले हरिहरपुरगढिको ७ नम्बर वडा हुँदै लालवन्दीतर्फ जाँदै मोटरसाईकलमा गाँजा लादै गरेको अवस्थामा गाँजा बरामद गर्नुका साथै ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीसँग जम्काभेट हुँदा ढुङ्गामुढा सहित आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फाएर गरेर नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीले गाँजा ओसारपसार गर्न प्रयोग गरिएका तीन वटा मोटरसाइकल र खुकरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले बताएका छन ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं. १४ का मानध्वज वाईवा, हरिहरपुरगढी गाउँपलिका वडा नं. ७ बस्ने चन्द्रबहादुर वाईवा, सोही स्थान बस्ने सुर्यबहादुर वाईवा र विर्ख बहादुर वाईवा रहेको दाहालले बताए । घटनाको थप अनुसन्धान भईरहेको दाहालले बताए ।




















