सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित भएकी छिन । गत भदौ ४ र ५ गते सम्पन्न पाँचौ जिल्ला अधिवेशनले ६७ जना सदस्यहरु निर्वाचित गरेको थियो । अखिल नेपाल महिला संघको विधानको धारा २९ बमोजिम पदाधिकारी चयन हुनुपर्नेमा हुन सकेको थिएन ।
विधानको उक्त धारामा निर्वाचित सदस्यहरुले पदाधिकारी चयन गर्नुपर्ने विधानको व्यवस्था अनुसार पदाधिकारी चयन हुनु पर्नेमा हुन सकेको थिएन । पदाधिकारी चयनमा विवाद भएपछि अनेमसंघ केन्द्रीय अध्यक्ष थममाया थापा र वाग्मति प्रदेश अध्यक्ष शुशिला नेपालको सहजीकरणमा शनिबार पदाधिकारी चयन भएको हो ।
उपाध्यक्षमा सर्मिला माझी र राधा कार्की, सचिवमा रमा कार्की, सहसचिवमा तुलसा देवकोटा र कोषाध्यक्षमा भद्रा राजभण्डारी चयन भएका छन । अध्यक्षमा निर्वाचन भएको हो भने अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन ।
अध्यक्षमा पार्वती भट्टराई र मेनुका तिमल्सिना प्रत्यासी रहेका थिए । मतदानमा भट्टराईले ३६ र तिमल्सिनाले २६ मत प्राप्त गरेका छन । ६७ जनामध्ये ६२ जनाले बैठकमा सहभागि भई मतदान गरेका थिए ।
पदाधिकारी चयन विधान अनुसार हुनुपर्ने बहुमत सदस्यको मागलाई व्यवास्ता गरी अध्यक्ष मण्डलले पदाधिकारी घोषणा गरेपछि विवाद भएको थियो ।





















