सिन्धुली । सिन्धुलीमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । सोमबार भएका दुर्घटनामा घाइते भएका दुवैजनाको उपचारका लागि सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

यस्तै सोमबार साँझ हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ स्थित मदनभण्डारी राजमार्गको गाग्रेढुंगामा मिक्चर ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका ५ भलखडाबाट कपिलाकोटतर्फ आउँदै गरेको ना१क९८०५ नं. को ट्रकले कपिलाकोट तर्फबाट हरिहरपुरगढीतर्फ जाँदै गरेको प्रदेश ३–०२–१० प २३७२ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटर साईकल चालक हरिहरपुरगढी ३ बनौलीका ३० वर्षिय विकास वि.क र मोटरसाईकलको पछाडी बसेका सोहि ठाउँका सन्तराम राई घाइते भएका थिए ।
घाइते दुवै जनालाई कपिलाकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि वि.कलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको छ भने अर्का घाईते राईलाई सिन्धुली अस्पताल उपचारका लागि पठाईएकोमा सिन्धुली अस्पतालले राती नै मृत घोषणा गरेको थियो ।





















