सिन्धुली । सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार सिन्धुलीको अनुसन्धान व्यवस्थापन इकाइ (आर.एम्.सी) को आयोजनामा १ दिने अनुसन्धान पद्धतीसम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।
स्नातक तह तेस्रो तथा चौथो वर्षमा अध्ययनरत अनुसन्धान (रिसर्च) गरिरहेका विद्यार्थी तथा स्नातकोत्तर तहमा सोधपत्र (थेसिस्) लेखिरहेका तथा लेख्ने तयारीमा रहेका विद्यार्थीलाई मध्यनजर गर्दै उक्त कार्यशालाको आयोजना गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख यम प्रसाद पाण्डेले जानकारी दिए ।
विद्यार्थीहरुमा रिसर्च कसरी गर्ने र यसको उपादेयता के छ भन्ने सन्दर्भमा अन्यौल रहेको भन्दै सोही कुरालाई मध्यनजर गर्दै उक्त कार्यशालाको आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा सहभागी भएपश्चात् आफूहरुले रिसर्च कसरी गर्ने, किन गर्ने, रिसर्च गर्दा आफूलाई के–के फाइदा हुन्छ भन्ने कुरामा स्पष्ट भएको एक सहभागी सुदर्शन खड्काले बताए ।
कार्यशालाको सहजीकरण गर्दै मूख्य सहजकर्ता डा. हरिप्रसाद पोखरेलले आफूलाई सक्षम बनाउन र विभिन्न प्रतिस्पर्धाहरुमा आफूलाई अब्बल सावित गर्न रिसर्च अपरिहार्य रहेको बताए । विभिन्न उदाहरण, स्लाईड प्रस्तुती तथा अनुसन्धानका विभिन्न नमुनाहरुको माध्यमबाट अनुसन्धान(रिसर्च) पद्धतीको बारेमा जानकारी गराएका थिए ।
कार्यशालाको क्याम्पसका प्राध्यापकहरु नानीबाबु घिमिरे, यम पाण्डे, त्रिभुवनपति भाष्कर थापा, दुर्गा प्रसाद निरौलाले विषयगत रुपमा सहजीकरण गरेका थिए । कार्यशालामा स्नातक र स्नातकोत्तरु तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
हेर्नुहोस् सम्बन्धीत तस्वीरहरु



























