सिन्धुली । भोटेकोशी बाढी पीडितका लागि सिन्धुलीका दुई नीजि विद्यालयहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाका सूर्योदय बोर्डिङ स्कुल कनपा ६ रातामाटा र साईनिङमुन एकेडेमी कनपा ५ मधुटारले सिन्धुलीका प्रमुख जिल्ला अधिकारीमार्फत आर्थिक सहयोग गरेका हुन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर सूर्योदयले १ लाख ११ हजार १११ रुपैंया र साईनिङमुन एकेडेमीले ५१ हजार १११ रुपैंया सहयोग गरेका हुन् । दुवै विद्यालयले प्रधानमन्त्री राहत कोषमा जाने गरि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।
सूर्योदयका तर्फबाट प्रिन्सिपल सोनी पाण्डे र साईनिङमुन एकेडेमीका तर्फबाट अध्यक्ष प्रलादकुमार पोखरेलले चेक हस्तान्तरण गरेका छन् । बाढी र पहिरोबाट प्रभावित भएका नागरिकको उद्धार र राहत कार्यमा टेवा पुराउने उद्देश्यले सहयोग गरिएको दुवै विद्यालयले जनाएका छन् । विपदको समयमा संस्थागत सामाजिक उत्तरदायित्व निभाईएको सहयोगदाताले जनाएका छन् ।





















