सिन्धुली । आधुनिक इङ्लिस बोर्डिङ स्कुल कमलामाई नगरपालिका ६ पानीट्यांकीमा सात दिने हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट प्रदर्शन हस्तलेखन गर्ने २८ जना विद्यार्थीलाई मंगलबार प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा ३३० जना विद्यार्थीकको सहभागी भएका थिए ।
हस्तलेखन प्रतियोगितामा नेपाली र अंग्रेजी दुवै विधामा विद्यार्थीले सहभागिता जनाएका थिए । नेपाली विधातर्फ १४ जना र अंग्रेजी विधातर्फ १४ जना गरी कुल २८ जना विद्यार्थीले प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यस्तै विद्यालयका प्रबन्धक निर्देशक भानु गुरुङले विद्यार्थीको शैक्षिक विकाससँगै लेखन सीप र सिर्जनात्मक क्षमताको विकास गराउने उद्देश्यले तालिम सन्चालन गरि प्रतियोगिता गरिएको बताए । उनले तालिमपछि प्रतियोगिता आयोजना गर्दा विद्यार्थीले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाएको बताए ।
हस्तलेखन प्रतियोगितामा सहभागी सन्जिता थापाले सातदिने तालिमपछि आफ्नो अक्षर लेखाइमा सुधार आएको बताइन् । तालिम महत्त्वपुर्ण र लाभदायक रहेको उनको भनाइ रहेको छ । हस्तलेखन तालिमको प्रशिक्षक बिना बसेल रहेकी थिइन । उनले सातदिने तालिममा विद्यार्थीलाई अक्षरको आकार, दूरी, लेखाइको सफाइ र प्रस्तुतीकरण लगायतका विषयमा अभ्यास गराइएको बताए ।
उनले हस्तलेखन सुधारका लागि निरन्तर अभ्यास आवश्यक रहेको बताए । सात दिने हस्तलेखन तालिम भदौ ३ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको थियो ।





















