सिन्धुली, कमलामाई नगरपालिकाले स्थापना गरेको आपतकालिन उपचार कोषका लागि नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले २५ हजार पाँच सय पच्चिस रुपैंया हस्तान्तरण गरेको छ ।
सहिद मनोज जोशी र झपेन्द्र कार्कीको २९ औ स्मृति दिवसका अवसरमा मंगलबार सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा संगठनले उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज बर्माले उक्त रकमको चेक कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीलाई हस्तान्तरण गरेका हुन ।
कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष अमर बहादुर भुजेलको अध्यक्षतामा भएको थियो ।






















