सिन्धुली । नेपालको वर्तमान संविधानले देशमा समाजवादी शिक्षा अधि सारेको र यस्तो शिक्षा समता मुलक समावेशी शिक्षा हुने उच्च स्तरिय शिक्षा आयोगका सदस्य श्याम श्रेष्ठले वताएका छन् । उनले अधिले नेपालमा चलिरहेको शिक्षा भनेको असमान धनिका लागि एउटा खालको र गरिवका लागि अर्को खालको शिक्षा चलिरहेको भन्दै सवै वर्गका लागि एकै खालको शिक्षा जसमा व्यवहार उपयोगी शिक्षा समावेश गरिएको हुन्छ त्यस्तो शिक्षा समाजवादी शिक्षा हो ।
शनिवार सिन्धुलीमाढीमा आयोजित वदलियो सन्दर्भमा समाजवादी शिक्षा विषयक अन्तकृया कार्यक्रममा उनले यस्तो वताएका हुन । रुपान्तरणका लागि नागरिक अभियान सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा राजनीतिक विश्लेषक समेत रहेका श्रेष्ठले भने समाजवादी समाज श्रमिकहरुको हो त्यसैले यो शिक्षाको उद्देश्य श्रम प्रेमी समाजको निमार्ण गर्नु हो । यसले श्रमप्रेमी, समुदाय मुखी जागृत मानिस उत्पादन गर्नु मुख्य त यो शिक्षाको मान्यता हो । समाज वादी शिक्षा लागु भएपछि माध्यमीक तह सम्मको शिक्षा अनिवार्य र निशुल्क हुने छ । उच्च शिक्षामा गरिव दलित तथा पिछडिएको वर्गका लागि निशुल्क सामान्य परिवारका लागि कम शुल्कमा शिक्षा र संभ्रान्त परिवारका लागि मंहगो शिक्षाको व्यवस्था गरिने छ ।
क्युवा, स्वीडेन, डेनमार्क, स्वजरल्याण्ड जस्ता देशमा सम्पूर्ण शिक्षा निशुल्क रहेको वताउँदै नेपालमा पनि निशुल्क र अनिवार्य शिक्षा संभव भएको वताए ।
रोजगारी मुलक, व्यवहार मुखी, सिपयुक्त शिक्षा आजको आवश्यकता रहेको वताउँदै यस्तो शिक्षा भनेको समाजवादी शिक्षा भएको वताए । समाजवादी शिक्षामा किसानको पुस्तौली ज्ञान, अनुभव तथा व्यवहारलाई समेत शिक्षा संग जोडिन्छ । अन्य धेरै पुराना अनुभव तथा परम्परा गत विधिहरु समेतलाई जाड्ने शिक्षा भनेकै समाजवादी शिक्षा हो जसमा शारिरिक आर्थिक, रुपले स्वस्थ्य रहेको हुन्छ ध्यान ज्ञान र शक्तिको शिक्षा समाजवादी शिक्षा हो उनले भने ।
कार्यक्रममा सिन्धुली २का साँसद हरिवोल गजुरेलले पुजिवादी देशहरुमा समेत शिक्षा निशुल्क रहेको भन्दै निजिकरण र उदारी करणका नाममा नेपालमा शिक्षामा व्यापारीकरण भएको वताए । उनले उत्पादक शक्तिको निमार्ण गर्नु पर्ने वताउँदै नेपालमा श्रम प्रतिको घृणाका कारण आज देशका युवा शक्ति विदेशीयको वताए ।
रुपान्तरणका लागि नागरिक अभियान सिन्धुलीका संयोजक एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अभियन्ता द्वारिका काफ्लेले कार्यक्रमको उद्देश्य वताउँदै उपस्थित लाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन टोम प्रसाद काफ्लेले गरेका थिए भने समाजवादी शिक्षाका सन्दर्भमा कमलामाई नगरपालिकाका उपमेयर मन्जु देवकोटा, फिक्कल गाउँपालिकाकी उपप्रमुख पार्वती सुनुवार , नेपाल शिक्षक युनियनका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद ढकाल, कानुन व्यवसायी प्रविण हायु, शिक्षक शंकर न्यौपाने, कविन्द्र गौतम वरुण लामीछाने, लगायतले जिक्षासा तथा सुझावहरु राखेका थिए । कार्यक्रमकामा उठेका सवालहरुका वारेमा डाक्टर हरिप्रसाद पोखरेलले समराइज गरेका थिए ।





















