सिन्धुली। जिल्लाको गोलञ्जोर गाउँपालिका–६, वाशेश्वरमा निःशुल्क मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा १ सय १० जना भन्दा बढीले
मुख तथा दन्त परीक्षण गरेका छन् ।
मुख तथा दन्त परीक्षण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी वाशेश्वर उपशाखा र भगवती आल्मुनाइको आयोजना तथा गैर सरकारी संस्था महासंघ नेपाल सिन्धुली, जिल्ला युवा समिति सिन्धुली र श्री सिन्धुलीको सहयोग तथा सिन्धुली अस्पताल सिन्धुलीको प्राविधिक सहयोगमा आयोजित शिविरलाई उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोलञ्जोरका पुराना नेता केशव प्रसाद देवकोटाले स्वस्थ शरिरको ढोका मुख भएकाले मुख तथा दाँतको सरसफाईले मात्र व्यक्ति स्वस्थ हुने बताए ।
ग्रामिण भेगका गरिव जनतालाई मध्यनजर गरी कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै उनले आगामि दिनमा पनि यस्तै सराहनिय काम गर्दै जिल्लाको स्वास्थ्य अवस्थालाई सुधार गर्न अग्रणी भूमिका खेल्नेमा आयोजक सँग विश्वस्त रहेको बताए ।
शिविरमा जिल्ला अस्पताल सिन्धुलीकी डेन्टल सर्जन डा. धन कुमारी मानन्धर, डेन्टिस्टहरु डा. नमिता बराल र डा. रोषिता कार्कीले सेवा प्रदान गरेका थिए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला






















