सरोज खतिवडा
सिन्धुली । जिल्लाका तीनवटा गाउँपालिकाका ८ वटा वडा र कमलामाई नगरपालिकाको एक वडालाई जुनारको सुपरजोन क्षेत्रका रुपमा छनौट गरिएको छ । गोलञ्जोर गाउँपालिकाको १, २,३,४,५ र ६, सुनकोशी गाउँपालिकाको ७, तीनपाटन गाउँपालिकाको ७ र कमलामाई नगरपालिकाको ३ नं. वडालाई सुपरजोन क्षेत्र घोषणा गरिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
पछिल्लो समय करीब १ हजार १५ हेक्टर जमिनमा जुनारको व्यवसायिक खेती भएको सिन्धुलीमा यस वर्ष सुपरजोनका रुपमा घोषणा गरि जुनार उत्पादन गर्न थालिएका कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्टले बताए ।























