सिन्धुली । सन् २०१२ बाट जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न शौचालय निर्माण अभियान थालिएको भए पनि भुकम्पका कारण भत्किएका शौचालय नै नबनाई जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । २०१५ सम्म निर्माण गरिएका शौचालयहरु भुकम्पले क्षती पु¥याएपछि पुननिर्माण नै नगरि खुलादिसामुक्त जिल्ला घोषणा गरिएको तथ्य फेला परेको छ ।
कपीलाकोटका भुकम्प पीडित अमृत घिसिङका अनुसार कपिलाकोटमा एक हजार बढी घरसंगै शौचालयमा समेत भुकम्पले क्षती पु¥यायो तर घरहरु र शौचालय पुननिर्माण भई सकेका छैनन । यता कमलामाई नगरपालिकाको वडा नं. ३ अर्थात साविकको जलकन्या गाविसमा पनि भुकम्पले ४ सय ४५ घरधुरीमध्ये ३ सय ८१ घरमा क्षती पु¥यायो घरसँगै लडेका शौचालय निर्माण नै नगरि भुकम्प आएको केहि दिनमै खुला दिसामुक्त घोषणा गरियो तर शौचालय हालसम्म पनि बनेका छैनन ।
जलकन्याका बासिन्दा रमेश देवकोटाका अनुसार २०७२ सालको भुकम्प जानु अघि गाउँमा ४० प्रतिसतमात्र शौचालय भएको तथ्याङ्क सार्वजनीक गरिएको थियो, तर, भुकम्पको केही दिनमै गाउँलाई खुल्ला दिसामुक्त गाउँ घोषणा गरियो । गाउँका अधिकांश मानिसहरु त्रिपालमा बसेका बेला शौचालय पुरै निर्माण भए भन्दै खुलादिसामुक्त गाविस घोषणा गरियो ।
कपिलाकोट, जलकन्या जस्तै जिल्लाका कमलामाई नगरपालिका भित्रका १४ वडा, दुधौली नगरपालिका, तिनपाटन, गोलञ्जोर, फिक्कल, हरिहरिपुरगढी, सुनकोसी, घ्याङलेख गाउँपालिका लगायतका बस्तिहरुमा भुकम्पले क्षती पु¥याएका शौचालयहरुको पुननिर्माण नै नगरी हचुवाका भरमा जिल्लामा ९७ प्रतिशत बढी घरमा शौचालय निर्माण भएको तथ्यांक देखाएर खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि झण्डै ३० प्रतिशत शौचालय नबनेको तथ्यांकले देखाएको छ । भुकम्प लगतै सार्वजनिक गरिएको तथ्यांकमा जिल्लामा ९ गाउँपालिकामा ७९ वटा वडामा कुल ५८ हजार ७ सय ९६ घर धुरी रहेका छन् । ती मध्ये ३४ हजार ९ सय घरहरु पूर्णरुपमा ध्वस्त भएको र ती घरहरुमा बनेकामध्ये ६० प्रतिशत (अर्थात करीब २१ हजार) शौचालयहरुमा क्षती पुगेको जानकारी दिईएको थियो ।
भुकम्प गएको ३ वर्ष सम्ममा ३४ हजार ९ सय मध्ये तीन हजार मात्र घरहरु पुननिर्माण भएका छन् । यहि तथ्यांकलाई आधार मान्ने हो भने जिल्लामा अझै ३० हजार घरहरु पुननिर्माण हुन बाँकी छन् । यी घरहरुसँगै करीब १८ हजार शौचालय निर्माण भएका छैनन ।
यता विहिबार जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति सिन्धुलीले ९७ प्रतिशत घरमा शौचालय निर्माण र प्रयोग भईसकेको भन्दै सिन्धुलीमाढीमा ठूलो सभाको आयोजना गरि ४९ औं खुलादिसामुक्त जिल्ला घोषणा ग¥यो । समितिले दातृ निकायलाई रिझाउनकै लागी मात्र जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेको गुनासो कनपा ६ का दिपक मिश्रले आरोप लगाए । यता सरकारी निकाय अर्थात जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति सिन्धुलीको पछिल्लो तथ्यांक हेर्ने हो भने ५८ हजार ७ सय ९६ घर धुरीमध्ये ५८ हजार २ सय १० वटा घरमा सौचालय बनेको देखिन्छ ।























