सिन्धुली / भदौ १ गतेदेखि सुरु भएको जिल्ला स्तरीय भद्रकाली अटोकप फुटबलको उपाधि सिन्धुली एकेडेमी ‘ए’ ले हात पारेको छ । शुक्रबार मध्यान्ह सिन्धुलीमाढीको खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा एकेडेमीले जरायोटार युवा क्लवलाई ४–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । सिन्धुली एकडेमी र जरायोटार युवा क्लबले पहिलो र दोस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए ।
यस्तै तेस्रो स्थानका लागि भएको अर्को खेलमा नेपाली सेनाको बर्द बहादुर गण विजयी भएको छ । गणले विहानी युवा क्लबलाई पराजित गरेको हो । प्रगियोताका विजयी टिम एकेडेमीले जितसंगै ३० हजार नगद, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता जरायोटार युवा क्लवले १५ हजार नगद, मेडल प्रमाणपत्र गरेको छ । तेस्रो स्थान प्राप्त वर्द बहादुर गणले ७ हजार नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उनिहरुलाई शुक्रबारनै एक कार्यक्रमका विच पुरस्कार तथा प्रमाणपत्र र मेडल प्रदान गरिएको हो । जिल्लामै पहिलो पटक यति ठुलो पुरस्कार राशि सहित भएको पहिलो फुटबल प्रतियोगिता हो ।
भद्रकाली अटो व्यवसायिहरुकोको आयोजनामा भएको फुटवल प्रतियोगितामा जिल्ला स्तरीय गेम भए पनि खेल मैदानको उचित व्यवस्था नहुँदा समस्या भएको प्रतियोगिहरुले गुनासो गरेका छन् । जिल्ला सदरमुकाममाढीमा रहेको एक मात्र खेल मैदानमा वर्षातका कारण पानि जम्ने, हिलो हुने, खाल्टाखुल्डी र ढुङ्गाको कारण खेल्नै समस्या भएको गुनासो छ ।





















