सिन्धुली,२२फागुन । तीनपाटन गाउँपालिकाले यही बुधवार सार्वजनिक सुनवाई कार्यक्रम संचालन गर्ने भएको छ । पालिकाले गरेका काम कारवाहीको बिषयमा जनतासँग अन्र्तक्रिया सार्वजनिक सुनवाईको आयोजना गरेको पालिकाले जनाएको छ ।
तीनपाटन गाउँपालिका कार्यालयले गाउँपालिकाको चालु आर्थीक बर्षको हाल सम्म भए गरेका विकास निर्माण र कार्यालयसँग सम्वन्धित गुनासा तथा समस्या,सेवा प्रवाह लगायतका विषयमा निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्र क्रियाशिल उपभोत्ता समिति, क्लव, टोलसुधार समिति,गैरसरकारी संस्थाका प्रतिनिधी, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधी, महिला, आदिबासी जनजाती, अपाङ्गता भएका व्यक्ति, दलित, जेष्ठ नागरिक, संचारकर्मी लगायत सरोकारवाला सवैलाई सार्वजनिक सुनवाईमा उपस्थिति हुनको लागी अनुरोध गरेको छ ।
पालिकाले चालु आर्थीक बर्षमा संचालन गरेका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा नागरिकको धारणा बुझन र कार्यसम्पादनमा सुधार गर्ने लक्ष्यनै मुख्य रहेको पालिकाले जनाएको छ ।





















