लाम्पानटार(सिन्धुलि),२०माघ/लाम्पानटार बहुमुखि क्याम्स तिनपाटन ११ ले पुर्व बिद्यार्थि पुन मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । त्रिभुवन विश्वविद्यालय बाट क्याम्पसले क्युएए स्वीकृति लिनकाे लागि तयारि गरेकाले क्याम्पसमा अध्यनरत विद्यार्थीहरूकाे अहिलेकाे अबस्था बुझ्नकाे लागि पुन मिलन कार्यक्रम आयाेजना गरिएकाे क्याम्पस प्रमुख अन्नत श्रेष्ठले बताए । 
क्याम्पसबाट हाल सम्म १ हजार ४ सय विद्यार्थीहरूले अध्यन गरि सकेकाे क्याम्पस प्रमुख श्रेष्ठले बताए । २०५६ सालमा स्थापना भएको यश क्यापसमा मानविकि र सामजशात्र संकायमा अध्यापन हुँदै आएकाे छ ।
यस क्याम्पसकाे व्यवस्थापन समितिकाे यहि २४ गते कार्यभार सकिदैछ ।





















