सिन्धुलि,२०माघ/जिल्लाकाे हरिहरपुरगढि गाउपालिकाका विभिन्न स्थानमा रहेका पसल तथा हाेटलहरूकाे अनुगमन गरिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिकाे संयोजकत्वमा भईकाे संयुक्त टाेलिले पालिकाकाे ५ वटा वडाकाे २८ वटा पसलकाे अनुगमन गरेकाे घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रविण श्रेष्ठले बताए ।



पालिकाकाे वडा नम्बर २,३,६,७र८ मा संचालनमा रहेका किराना पसल,खाद्यान्न पसल,खाजाघर,मासुपसल र हार्डवयर पसलकाे अनुगमन गरिएको श्रेष्ठले बताए ।
१३ वटा पसलबाट ५४ हजार ६ सय २० रूपैया बराबरकाे सामाग्री बरामद गरि नष्ट गरेकाे श्रेष्ठले बताए । अनुगमनका क्रममा म्याद गुज्रिएको पिय पदार्थ , मैदा, ईनर्जि ड्रिङक,साेडा र दर्ता नभएको ४ वटा पसल फेला परेको श्रेष्ठले बताए ।
अनुगमन टाेलिमा पालिका अध्यक्ष बज्र ध्वज वाईवा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रविण श्रेष्ठ,हरिहरपुरगढि गाउपालिकाबा प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल, खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख पुष्पलाल राई, घरेलु कार्यालयका अनुदेशक अधिकृत माधव बगाले लगायतकाे सहभागिता रहेकाे थियाे ।





















