सिन्धुली । नेकपा एमाले सिन्धुलीले ७ औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार सिन्धुलीमाढीमा बसेको बैठकले लोगो स्वीकृत गरेसँगै सार्वजनिक गरिएको हो । नेकपा एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले लोगोको डिजाईन गरेका हुन ।
७ अंकको गोलोभित्र सिन्धुलीगढी र जुनारको फोटो भएको, लोगो सार्वजनिक गरिएको छ । लोगोको ७ को माथिल्लो बाँयातर्फको माथि हसियाँ हथौडा अंकित झण्डा राखिएको छ भने तल्लो भागमा सिन्धुलीगढी र त्यहाँबाट देखिने हिमालमाथि उदाउँदै गरेको आधा सूर्य राखिएको छ ।
सिन्धुलीगढी र जुनारलाई विकासको मूल आधार र पहिचान मान्दै एमालेले लोगो निर्माण गरेको लोगोका डिजाईनर महेन्द्रदेव श्रेष्ठले बताए । लागो जिल्ला कमिटीले स्वीकृत गरेसँगै सामाजिक सञ्जाल लगाएत सबै तिर सार्वजनिक गरि अधिवेशनको प्रचार प्रसार थालिएको छ ।
नेकपा एमाले सिन्धुलीको अधिवेशनको मुख्य आकर्षक लोगो बनेको नेकपा एमाले प्रचार विभाग प्रमुख प्रलाद पोखरेलले बताए । उनले ऐतिहासिक सिन्धुलीगढी र जुनार सिन्धुलीको पहिचान भएको बताउँदै एमाले त्यो भन्दा बाहिर रहन नसक्ने बताए ।





















