सिन्धुली । सुनकोशी नदी किनारमा मंगलबार एक पुरुषको शव फेला परेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ मुर्गिबेसी स्थित सुनकोसी नदि किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अन्दाजी २५ बर्षिय पुरुषको शव फेला परेपनि नाम थर, वतन नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । पुरुषको शव नदीका किनारामा घोप्टो परेको अवस्थामा शव फेला परेको उनले बताए ।
घटनास्थलमा प्रहरी चौकी ग्वाल्टारको टोली पठाइएको पनि उनले जानकारी दिए ।






















