सिन्धुली, भुकम्प गएको ३ वर्ष वितिसक्दा पनि भुकम्पपीडितका गुनासा नसकिएको ट्रान्परेन्सी इन्टरनेशनल सिन्धुलीले जनाएको छ । भुकम्प पीडितले पुननिर्माणको चरणमा झनै सास्ती भोग्नुपरेको गुनासो आउने गरेको ट्रान्परेन्सी इन्टरनेशनलका जिल्ला अधिकृत गंगा घिमिरेले बताईन ।
विहिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि घिमिरेले भुकम्पको राहत अनुदान लिने क्रममा बैंकहरुले सास्ती दिएको, समयमै पैसा भुक्तानी नदिएको, इन्जिनियर गाउँमा नबसेको, प्राविधिक दृष्टिबाट घर बनाउन नसघाएको लगाएतका गुनासो कार्यालयमा आउने गरेको बताईन ।
उनले काठेघरको नक्साका कारण घर बनाउन नपाएको, भुकम्पपीडितको गुनासो सम्बोधन हुन नसकेको, ऐलानी जग्गाको समस्या समाधान गर्न नसकेको लगाएतका समस्या लिएर कार्यालयमा उजुरी आउने गरेको बताईन ।
समस्या समाधानका सन्दर्भमा पुननिर्माण प्राधिकरणसँग छलफल गर्दा प्राधिकरणले नै थप गुनासो राख्ने गरेका कारण जिल्लामा पुननिर्माणको कामले तिव्रता नपाएको उनले बताईन । पत्रकारहरुसँग छलफल गर्दै घिमिरेले इन्जिनियर गाउँमा नपुगेको, मापदण्ड विपरित घर बनेको, अनुदानको भुक्तानीमा आएका समस्यालाई सबै सरोकारवालाले खबरदारी गर्नुपर्ने बेला आएको बताईन । उनले सिन्धुलीका सांस्कृतिक सम्पदाको पुननिर्माण हुन नसकेको पाईएको समेत बताईन ।























