सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको आगामि जेठ ४ गते हुने निर्वाचनका लागि आज विहान १० बजेदेखि उमेदवारी दर्ता सुरु भएको छ । दिउँसो २ बजेसम्मका लागि तोकिएको समयमा बामपन्थि व्यवसायीको तर्फबाट बद्री बहादुर कार्की र लोकतान्त्रिक धारका व्यवसायीको तर्फबाट अमरेशचन्द्र बैदारको उमेदवारी दर्ता हुने भएको छ ।
सिन्धुलीमाढीमा सम्पन्न गरिने निर्वाचनका लागि सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको निर्वाचन समितिले विहिबार १० बजेदेखि दिउँसो २ बजेसम्मलाई उमेदवारी दर्ता गर्ने समय तोकेको छ ।
अध्यक्षका दावेदार कार्की र बैदारले पत्रकार सम्मेलन गरि प्यानलको घोषणा समेत गरेका थिए ।
























