सिन्धुली । कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका–२ का ५७ बर्षिय छत्र वहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जंगलमा दाउरा काट्न गएका राना रुखबाट हाँगा झार्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।
राना रुखबाट लडेर करिव ३० फिट तल पहिरा खसेका थिए । मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल सिन्धुलीमा ल्याईएको उनले बताए ।






















