सिन्धुली । सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विजयी भएका छन् । क्षेत्र नं. १ मा रास्वपाका उमेदवार धनेन्द्र कार्की र क्षेत्र नं. २ मा आशिष गजुरेल विजयी भएका हुन् ।
क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार प्रदीप कुमार कटुवाललाई ७ सय ८४ मतको अन्तरले कार्की विजयी भएका हुन् । उनले १६ हजार ६५९ मत प्राप्त गरे भने कटुवालले १५ हजार ८७५ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका उज्वल बरालले १५ हजार ८७५ मत प्राप्त गरे ।
यस्तै क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी भएका छन् । उनले नेकपाका लेखनाथ दाहाललाई पराजित गर्दै विजयी भएका हुन् ।
गजुरेलले १७ हजार ९ सय ४० मत प्राप्त गरे भने दाहालले १४ हजार ७ सय ८० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६ सय ६ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उमेदवार शुशिला थिङले ६ हजार ७ सय ६० मत प्राप्त गरेकी छिन् ।





















