• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा हावाहुरीका कारण ४९ भौतिक संरचनामा क्षति

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ४, २०८२
in Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सोमबार रातीको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा भौतिक सम्पत्तिमा क्षति पुराएको छ । विशेष गरि घर, गोठ, सामुदायिक भवन र तरकारीका टनेल तथा कृषि बालीमा समेत क्षति गरेको छ । जसको एकीन विवरण आउन भने बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका विभिन्न ठाउँमा गरि २८ वटा घरमा क्षति पुगेको छ । १४ वटा गोठ, एक वटा तरकारीको टनेल र एक वटा सामुदायिक भवन र १ विद्यालयमा क्षति पुगेको छ । यस्तै एक वटा चौपायाको समेत मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुवेदीका अनुसार ६१ लाख ५० हजार बराबरको भौतिक क्षति भएको छ ।

तिनपाटन गाउँपालिकामा ७ वटा घर र चारवटा गोठमा क्षति पुगेको छ । तीनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङमा ६ घर, तीन गोठमा क्षति पुगेको छ भने वडा नं. १ नर्कटेमा १ घर र १ गोठमा क्षति पुगेको छ ।

तीनपाटन ८ मा टेक बहादुर श्रेष्ठ, विष्णुमाया लुंगेली, रविन्द्र अछामी, जंग लामा, दल बहादुर लामाको घरको छानो उडाएको छ भने कर्ण लामाको भान्सा घरबाट आगो सल्किँदा घरभित्रका लत्ताकपडा, अन्नपात जलेका छन् । यस्तै तेजबहादुर सार्की, रिता बस्याल र जंग लामाको गोठमा पनि क्षति पुगेको छ ।

यस्तै तीनपाटन १ नर्कटेका पिताम्बर सराङ्गीको गोठ र होम बहादुर सार्कीको घरको छानो उडाएको छ । तीनपाटन गाउँपालिका–९ सालुकेमा हुरीबतास लगत्तै एक घर र गोठमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

यस्तै गोलञ्जोर ५ खानी निगालेमा पनि हावाहुरीले भौतिक क्षति गराएको छ । खानी निगालेमा २ घर, १ गोठ, एक तरकारीको टनेल र एक सामुदायिक भवनमा क्षति पुगेको छ । कुन्ज बहादुर तामाङको घरको छानो र गणेश बहादुर श्रेष्ठको गाईगोठको छानो हावाहुरीले उडाएको छ ।

एक बहादुर थापा मगरको माटो र जस्ताले बनेको १ तले कच्ची घर पुर्ण रुपमा क्षति भएको छ । चन्द्र कुमारी श्रेष्ठको तरकारीको लागि बनाईएको प्लाष्टिकको टनेलमा क्षति पुगेको छ भने खनियाँखर्कमा रहेको । इँट्टाको गाह्रो र जस्ताको छानो भएको १ तले सामुदायिक भवनको छानो उडाएको छ ।

यस्तै गोलञ्जोर १ मा रहेको कालिका प्राथमिक विद्यालय जुकेपानीको छानो र काठ सबै उडाएको छ । उक्त विद्यालयको १० लाख बराबरको क्षति भएको छ ।

यस्तै हावाहुरी र असिनाले हरिहरपुरगढी ९ जमुनेमा श्याम भुजेलको काठ र माटोले बनेको जस्ताले छाएको २ तले घरको छाना उडाई क्षति पु¥याएको छ ।

त्यस्तै दुधौली नगरपालिका वडा नं. १३ यानामा प्रेम बहादुर पाख्रिनको गाई गोठमा भत्किंदा एक वटा ब्याउने भैसीको मृत्यु भएको छ भने दुधौली नगरपालिका ११ सान्दानेमा हावाहुरीले ३ घरको छाना उडाएको छ । जगत बहादुर सुनुवार, श्याम कार्की र भैरव बहादुर राउतको घरको छाना उडाएको प्रहरीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै हावाहुरीले सबैभन्दा बढी कमलामाई नगरपालिकामा क्षति गरेको छ । कमलामाई नगरपालिकाभित्र पनि हावाहुरीका कारण निक्कै धेरै भौतिक क्षति भएको छ । कमलामाई नगरपालिका वडा नं. ९, १०, ११, १२, १३ मा हावाहुरीले १३ घर र ६ वटा गोठमा क्षति गराएको छ । कमलामाई नगरपालिका वडा नं. ११ मा ३ वटा घर र दुई वटा गोठमा हावाहुरीले क्षति पु¥याएको छ । हावाहुरीले केहरमान वाईबाको काठ र जस्ताको छानो भएको २ तल्ले कच्ची घरको छानो उडाउदा चालिस हजार बराबरको क्षति भएको छ । सोहि वडाका प्रेम बहादुर खड्काको घर र गोठमा क्षति पुगेको छ । उनको बाँसको बेरा खरको छानो भएको १ तल्ले घरको खरको छानो र काठ र जस्ताको छानो भएको १ तल्ले कच्ची गोठको छानो उडाउँदा पचास हजार बरावरको क्षति भएको छ ।

यस्तै भक्त बहादुर स्याङताङको ढुंङ्गा,काठ र जस्ताको छानो भएको १ तल्ले कच्ची घरको छानो उडाउँदा असी हजार बराबरको क्षति भएको थियो । जित बहादुर घलानको काठ र जस्ताको छानो भएको २ तल्ले कच्ची गोठको जस्ताको छानो उडाउँदा पच्चिस हजार बराबरको क्षति भएको छ ।

हावाहुरीले कमलामाई नगरपालिका वडा नं. १० मा ४ वटा घरमा क्षति पुराएको छ । बद्री कटुवालको ढुंङ्गा, काठ र जस्ताको छानो भएको भएको २ तल्ले कच्ची घरको छानो उडाएको छ ।

दीर्घ माया राउतको ढुंङ्गा, काठ र जस्ताको छानो भएको २ तल्ले कच्ची घरको उत्तर तर्फको पर्खाल भत्किएको छ । रुका कार्कीको काठ र जस्ताको छानो भएको १ तल्ले कच्ची घरको जस्ताको छानो उडाएको छ । यस्तै दुर्गा बस्नेतको घरमा घरमाथि रहेको रुख ढल्दा घरमा क्षति पुगेको छ ।

यस्तै कमलामाई नगरपालिका वडा नं. १२ मा पनि हावाहुरीले क्षति गरेको छ । यो वडामा ३ घर र १ गोठमा क्षति पुगेको जानकारी प्राप्त भएको छ । उक्त वडामा एकराज गुर्माछाने घरको छानो उडाएको छ । पदम बहादुर सिंदाली मगरको गोठको छानो उडाएको छ । नानीबाबु आलेको घरको जस्ताको छानो उडाएको छ भने सिर्जना राना मगरको घरको जस्ता उडाएको छ ।

कमलामाई नगरपालिका वडा नं. १३ मा हावाहुरीले ६ घर र तीन वटा गोठमा क्षति पुराएको छ । उक्त वडामा रमा राउतको घर र गोठको छानो उडाउँदा चार लाख बराबरको क्षति भएको छ । सोहि वडाका कृष्ण सुवेदीको घरको छानो उडाउँदा पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रेम बहादुर मुक्तानको घरको छाने उडाउँदा चारलाख बराबरको क्ष्ति भएको छ । सम्झना भुलनको घरको छानो उडाउँदा २ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै गिरीजा बहादुर ठकुरीको घरको छानो उडाउँदा तीनलाख बराबरको क्षति भएको छ भने दिपेन्द्र ठकुरीको दाजु भाई तथा पशुपन्छी फर्मको जस्ताको छानो उडाउँदा ४ लाख बराबरको क्षति भएको छ । खुस बहादुर थापाको घरको छानो उडाएको छ भने चन्द्र कुमारी ठकुरीको भान्साको छानो उडाएको छ ।

निर बहादुर मगरको घरको छानो उडाउँदा २ लाख बराबरको क्षति भएको छ । मिन बहादुर वि.कको पनि घरको छानो हावाहुरीले उडाएको छ । नैन बहादुर बुढाथोकीको गोठको छानो उडाएको छ ।

कमलामाई नगरपालिका वडा नं. ९ मा एक गोठमा क्षति पुगेको छ । गिता बरालको काठ र जस्ताको छानो भएको गोठको छानो उडाउँदा एक लाख बराबरको क्षति पुगेको प्रहरीको तथ्यांक रहेको छ ।

हावाहुरीका विद्युतको पोल र तारमा क्षति पुगेपछि घ्याङ्लेख, सुनकोसी, गोलन्जोर, फिक्कल, तीनपाटन र मरिण गाउँपालिका लगायतका अधिकांश क्षेत्रमा बिजुलीको प्रशारण लाईन अवरुद्ध भएको छ । कृषि बाली र फलफूलमा समेत क्षति पुगेको बताईएको छ तथापी कति क्षति भयो एकीन तथ्यांक भने आईसकेको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

Next Post

दुर्घटनामा परि एक जनाको मृत्यु, दुई जना घाइते

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied