सिन्धुली । सिन्धुलीमा ४ हजार ७ सय १८ मत बदर भएको छ । प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ जिल्लामा मत बदरको संख्या अत्यधिक देखिएको हो । शनिबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार जिल्लामा मत बदर देखिएको हो ।
मतदाता शिक्षाको कमीका कारण मत वदर धेरै देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुली क्षेत्र नं. १ मा १ हजार ५ सय ७६ मत बदर भएको छ भने सिन्धुली क्षेत्र नं. २ मा ३ हजार १ सय ४२ मत बदर भएको हो ।
राजनीतिक दलहरु र निर्वाचन कार्यालय सिन्धुलीले समेत मतदाता शिक्षामा ध्यान समेत नदिईएको पाईएको हो ।




















