सिन्धुली । नेपाली कांग्रेसका सादगी तथा पुराना नेता खड्ग बहादुर वाईवाले पनि विद्रोह गरेका छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले सामाजिक सञ्जाल फेसबुकबाट कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।
उनले सिन्धुली क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसमा भएको किचलोका बीच मंगलबार विहान निवर्तमान प्रतिनिधिसभा सदस्य शुशिला थिङलाई उमेदवार बनाउने निर्णय भएसँगै उनले पार्टी छोडेको घोषणा गरेका थिए ।
उनले निष्ठाको राजनीति हराएको भन्दै राजनीतिमा निष्ठा र त्यागको मुल्य आवश्यक रहेको बताएका छन् । उनले फिर्ता नहुने गरि उमेदवारी दिएको बताएका छन् । पार्टीले आफ्नो काम र त्यागको अवमुल्यन गरेको उनले बताए । वाईवा नेपाली कांग्रेस सिन्धुलीका पूर्व उपसभापति समेत हुन् ।






















